Warning: Trying to access array offset on value of type bool in /home/ainakhabar.com/public_html/wp-content/themes/ainakhabar/functions.php on line 239
Logo

मुख्य समाचार

नेपालसँग भारतको सम्बन्ध बिगार्न केही शक्तिहरु लागेका छन: भारतका रक्षामन्त्री सिंह



एजेन्सी: भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालसँग भारतको सम्बन्ध बिगार्न केही शक्तिहरु लागेको टिप्पणी गरेका छन् । उनले कुनै हालतमा नेपालसँगको सम्बन्ध तोड्न नदिने बताए ।

आज उत्तराखण्डको देहरादुनमा बोल्दै सिंहले भारत आवश्यक परे शीर झुकाउन तयार रहेको तर नेपालसँग सम्बन्ध तोड्न तयार नभएको बताए । उनले नेपालसँग भारतको विशेष सम्बन्ध रहेको उल्लेख गरे ।

‘केही शक्तिहरु भारतको नेपालसँगको सम्बन्ध बिगार्न चाहिरहेका छन्,’सिंहको भनाई उदृत गर्दै एएनआइले लेखेको छ,‘सरकारको प्रतिनिधिको हैसियतले म भन्न चाहन्छु कि यदि आवश्यक परे हामी शीर झुकाउँछौं तर नेपालसँगको सम्बन्ध तोड्न दिदैनौं ।’

सिंहले नेपालको सीमा समस्या रहेको भारतको उत्तराखण्डमा पुगेर नेपालसँगको सम्बन्धबारे बोल्नुलाई अर्थपूर्ण मानिएको छ । नेपालको भारतसँग कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा सीमा समस्या छ । नेपालले उक्त क्षेत्र नक्शामै राखेको छ । तर, भारतले उक्त क्षेत्र आफ्नो दाबी गर्दै नियन्त्रणमा राखेको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  ११ : ३६ बजे