Logo

मुख्य समाचार

देश पूर्ण रुपमा विद्युतीकरण भएको घोषणा गर्ने अवस्थामा पुग्यो : कुलमान घिसिङ


२५ श्रावण २०८१, शुक्रबार  

115
Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विकट बस्तीहरुको पहिचान गरेर बाँकी विद्युतीकरणको काम अगाडि बढिसकेको बताएका छन् । उनले चाँडै देश पूणर्रुपमा विद्युतीकरण भएको घोषणा गर्ने अवस्थामा पुग्ने बताएका छन् ।

शुक्रबार नेपाल विद्युत प्राधिकरणले विगत एक वर्षमा गरेका काम कारबाही र समसामयिक विषयमा जानकारी गराउन पत्रकार सम्मेलनको आयोजना गर्दै निर्देशक घिसिङले आठ वर्षअघि २९ लाख ७० हजार रहेका विद्युत्को ग्राहक सङख्या हाल सामुदायिकसहित ५९ लाख ३५ हजार पुगेको जानकारी गराए ।

‘आठ वर्षअघि २९ लाख ७० हजार रहेका विद्युत्को ग्राहक संख्या हाल सामुदायिकसहित ५९ लाख ३५ हजार पुगेको छ । विकट बस्तीहरुको पहिचान गरेर बाँकी विद्युतीकरणको काम अगाडि बढिसकेको छ । अब छिट्टै देश पूणर्रुपमा विद्युतीकरण भएको घोषणा गर्ने अवस्थामा पुगेको छ । विद्युतीकरणका लागि प्राधिकरणको आफनै स्रोतबाट ठूलो लगानी गरिएको छ,’ उनले भने,‘सुकुम्बासी बस्ती तथा चेपाङ, मुसहरलगायतका विपन्न वर्गका घरपरिवारमा विद्युत पुऱ्याउन निःशुल्क मिटरसमेत वितरण गरिएको छ । गाउँबस्तीको विद्युतीकरण मात्र होइन स्थानीय निकायहरुसंगकी साझेदारीमा स्मार्ट सडक बत्ती विस्तार गरी सहर उज्यालो बनाउने कार्यमासमेत ठूलो लगानी गरिएको छ’,उनले भने ।

उननले आठ वर्ष अघि प्रतिवर्ष ३ अर्ब ७२ करोड युनिट विद्युत खपत हुने गरेकामा अहिले १० अर्ब २३ करोड युनिट पुगेको, प्रतिव्यक्ति ऊर्जा खपत १ सय ३१ युनिटबाट बढेर चारसय युनिट पुगेको, घर-घर र बस्ती बस्तीमा वत्ति वाल्न मात्र नभई उद्योग, व्यवसाय र कलकारखानामा विद्युत् पुरयाएर आन्तरिक खपत बढाई देशलाई नै समृद्ध बनाउने अभियानमा पनि सफलता प्राप्त भएको पनि बताए ।

विद्युत खपत बढाउन विद्युतीय सवारी साधनलाई प्रवर्द्धन तथा प्रोत्साहन गर्न प्राधिकरणले ६२ वटा चार्जिङ स्टेसन निर्माण गरी सञ्चालनमा ल्याएको र निजी क्षेत्रवाट निर्माण गरिएका चार सय भन्दा बढी चार्जिङ स्टेसन सञ्चालनमा रहेको उनको भनाई छ ।

उनले भने,‘आठ वर्षअघि प्रतिवर्ष ३ अर्ब ७२ करोड युनिट विद्युत खपत हुने गरेकामा अहिले १० अर्ब २३ करोड युनिट पुगेको छ । प्रतिव्यक्ति ऊर्जा खपत १ सय ३१ युनिटबाट बढेर ४ सय युनिट पुगेको छ । घर-घर र बस्ती बस्तीमा वत्ति वाल्न मात्र होइन, उद्योग, व्यवसाय र कलकारखानामा विद्युत् पुर्याएर आन्तरिक खपत बढाई देशलाई नै समृद्ध बनाउने अभियानमा पनि सफलता प्राप्त भएको छ । विद्युत खपत बढाउन विद्युतीय सवारी साधनलाई प्रवर्द्धन तथा प्रोत्साहन गर्न प्राधिकरणले आफैं ६२ वटा चार्जिङ स्टसेन निर्माण गरी सञ्चालनमा ल्याएको छ । निजी क्षेत्रवाट निर्माण गरिएका चार सय भन्दा बढी चार्जिङ स्टेसन सञ्चालनमा छन् ।’

तीनवर्षको अवधिमा प्राविधिक र गैरप्राविधिक विद्युत चुहावट घटाउन, अधिकतम ग्राहकसम्म पहुँच बढाउन, वित्तीय खर्च घटाउन, राजस्व बढाउन, प्रसारण तथा वितरण लाइन र सबस्टेसन विस्तार गर्न संस्थागत सुशासनमा सुधार गर्दै नाफा कमाउनमा प्राधिकरणलाई ठूलो सफलता हात परेको दिर्शेसक घिसिङको दाबी छ ।

प्राधिकरण अहिले ४७ अवं ४१ करोड रुपैयाँ सञ्चित नाफामा पुगेको र यसअवधिमा विद्युतको महसुल ३ पटक गरी करिव २५ प्रतिशत घटाइए पनि नाफामा वृद्धि नै भइरहेको घिसिङले जानकारी दिए ।

उनका अनुसार सिंचाइका लागि प्रति युनिट २ रुपैयाँमा विद्युत उपलब्ध छ भने लिफ्टिङ खानेपानीमा डिमाण्ड शुल्क नलाग्ने र इनर्जी शुल्कमा सहुलीयतको व्यवस्था गरिएको छ र विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्न चार्जिङ स्टेसनमा सहुलियतपूणर् महसुल दर कायम गरिएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार  ३ : ०६ बजे