Logo

मुख्य समाचार

एमाले नेता प्रदीप ज्ञवालीलाई कोरोना संक्रमण



काठमाण्डाैँ : एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी सामाजिक सञ्जालमार्फत् गराएका हुन् । 

‘कोभिड संक्रमण देखिएको छ । लक्षण सामान्य छन् । विगत ४-५ दिनका बीचमा निकट सम्पर्कमा आउनु भएका सबैलाई सजग र सुरक्षित रहन एवं कुनै लक्षण देखिनासाथ परीक्षण गराउनु हुन अनुरोध छ,’ उनले लेखेका छन्, ‘सम्पर्कका लागि टेलिफोनरमोबाइलको साटो एसएमएस या इमेल प्रयोग गरिदिनु भए आभारी हुने थिएँ ।’

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  १ : ३४ बजे