Logo

अर्थ

नेप्से ६.७० अंकले बढ्यो, २० अर्ब सात करोडको कारोबार


२४ श्रावण २०८१, बिहिबार  

69
Shares

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ६.७० अंकले बढेको छ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से ०.२४ प्रतिशतले बढेर २७६६.३८ को विन्दुमा पुगेको हो ।

यसदिन पाँच करोड ९ लाख ४६ हजार ८३२ कित्ता सेयर २० अर्ब सात करोड चार लाख ३४ हजार १०३ रुपैयाँमा कारोबार भएको छ ।

कारोबारमा रहेका १३ उपसमूहमध्ये ६ वटाको समूहगत परिसूचक बढेको छ । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन क्षेत्रका लगानीकर्ताले कमाएका छन् । यो क्षेत्रको समूहगत परिसूचक ५.८७ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै होटेल तथा पर्यटन क्षेत्रको समूहगत परिसूचक १.२७ प्रतिशतले घटेको छ ।

आज दश कम्पनीको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेपलपमेन्ट लिमिटेडको सेयर ८.०४ प्रतिशतले घटेको छ ।

यसदिन ७९ कम्पनीको सेयर मूल्य बढेको छ । १५९ कम्पनीको सेयर मूल्य घट्दा चारको स्थिर छ ।

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहिबार  ३ : २४ बजे