Logo

समाचार

इसेवा प्रालिबाट बन्यो लिमिटेड, गुगल प्ले स्टोरमा उपलब्ध भयो एप


२४ श्रावण २०८१, बिहिबार  

161
Shares

काठमाडौं । भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा प्राइभेट लिमिटेडबाट लिमिटेड कम्पनी बनेको छ । गत वैशाख २८ गते नै कम्पनी लिमिटेड बनेको इसेवाले बताएको छ ।

यसबीच कम्पनीले सोही नाम गुगल प्ले स्टोरमा समेत अपडेट गरेको छ । नयाँ नाम अपडेट गर्ने क्रममा इसेवा छोटो समयका लागि गुगल प्ले स्टोरमा उपलब्ध नभएको कम्पनीले जानकारी दिएको छ ।

अहिले सबै काम सकिएपछि एप फेरि प्लेस्टोरमा उपलब्ध भइसकेको कम्पनीले बताएको छ ।

इसेवा स्थापना भएको बेला गुगल डेभलपर अकाउन्ट बनाउँदा कम्पनी प्रालि थियो । कम्पनी लिमिटेडमा रूपान्तरण भएपछि इसेवाको बिजनेस भेरिफिकेसन गर्न समय लागेको कम्पनीले जनाएको छ ।

गुगलले बिजनेस तथा संस्था भेरिफाइ गर्न डुन्स (डीयूएनएस) नम्बर प्रयोग गर्छ । यो डुन एन्ड ब्राडस्ट्रिट नामक अमेरिकन कम्पनीले उपलब्ध गराउँछ ।

नाम परिवर्तन प्रक्रिया भइरहँदा गुगलको सिस्टममा भएको र डुन्स नम्बरमा भएको विवरण भिन्न देखिएकोले गुगलले प्ले स्टोरमा अस्थाई समयको लागि उपलब्ध नगराएको इसेवाले जनाएको छ ।

अहिले सो प्रक्रिया पूरा भइसकेकोले इसेवा पुनः प्ले स्टोरमा उपलब्ध भइसेकेको कम्पनीले जनाएको छ । यो सामान्य प्रक्रिया भएको र अन्य कुनै समस्या नरहेको इसेवाले स्पष्ट पारेको छ ।

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहिबार  ३ : ०० बजे