Logo

मुख्य समाचार

सभापति देउवाले गठन गरे ३७ विभाग



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ३७ वटा विभाग गठन गरेका छन् । सोमबार सभापति देउवाले विधानको धारा ३७ (१)बमोजिम ३७ वटा विभागका प्रमुखहरु मनोनयन गरेका हुन् ।

मुख्य सचिव कृष्णप्रसाद पौडेलले सभापति देउवाले विधानको व्यवस्थाबमोजिम बिभागीय प्रमुखहरु मनोनयन गरेको जानकारी दिए । यसअघि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले तयार पारेको पार्टीका ३७ वटा विभाग गठनको प्रस्ताव सभापति देउवाले रोकेका थिए ।

कांग्रेसको विधानअनुसार महाधिवेशनको ६ महिनाभित्र ७० वटा विभाग गठन भइसक्नुपर्छ तर दुई वर्ष बितिसक्दा १७ विभाग मात्रै घोषणा गरिएका छन् । सोमबार थप ३७ विभाग गठन गरिएको हो ।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  ५ : १२ बजे