Logo

मुख्य समाचार

घण्टौं लाइन बस्दा पनि पालो नआएपछि महाधिवेशन प्रतिनिधि आक्रोशित



२७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा धेरै समय लाइन बस्दा पनि मतदान गर्ने पालो नआएको भन्दै महाधिवेशन प्रतिनिधि आक्रोशित भएका छन् ।

निर्वाचन समितिले मतदाताहरुलाई घण्टौ लाइनमा उभ्याएर भित्र जान नदिएको भन्‍दै लाइन लागेका महाधिवेशन प्रतिनिधिहरु आक्रोशित भएका हुन् ।

भृकुटीमण्डपका दुई र राष्ट्रियसभा गृहमा एक गरी तीन मतदान केन्द्रमा अपरान्ह ५ बजेसम्म  करीब २ हजार जनाले मतदान गरेका छन् । धेरै उम्मेदवार भएकाले मतदान गर्न एक जनालाई आधा घण्टादेखि एक घण्टासम्म लाग्ने मतदान गरेर फर्केकाहरुले बताएका छन् ।

महाधिवेशनमा केन्द्रीय समितिका पदाधिकारी र सदस्य चयनका लागि ४,७२३ महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन् । निर्वाचन समितिले मतदान गर्ने समय ९ बजेसम्म थपेको छ । 

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  १ : १३ बजे