Logo

मुख्य समाचार

१८ घण्टा खटिएको छु, परिणाम आउनेगरी काम गर्छु : मन्त्री पाण्डे


१८ श्रावण २०८१, शुक्रबार  

69
Shares

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले निष्ठापूर्व काम गर्न प्रतिवद्व रहेको बताएका छन् ।

शुक्रबार नेपाली कांग्रेस पर्यटन विभागद्वारा आयोजित नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी सम्बद्व पर्यटन व्यवसायीसँगको छलफल एवम अन्तरक्रिया  कार्यक्रममा बोल्दै उक्त कुरा बताएका हुन् ।

उनले संस्कृति र प्रकृतिलाई सँगसँगै लिन सकेमा  पर्यटनको विकास हुन दाबी गरे । आफू हाल १८ घण्टा मन्त्रालयको काममा खटिएकाले परिणामुखी काम गरेर देखाउने प्रतिवद्वता व्यक्त गरे ।

मन्त्री पाण्डेले पर्यटनमैत्री पर्यटन नीति बन्नेमा पर्यटन व्यवसायीलाई ढुक्क रहन आग्रह गरे । उनले आफूलाई पार्टी,नेता र कार्यकर्ताको विश्वासमा कुठाराघात नगरि निष्ठा पूर्वक काम गर्न प्रतिवद्व रहेको बताए ।

साथै उनले पर्यटन व्यवसायीहरूलाई व्यक्तिगत लाभका काम नभई समग्र मुलुकको समृद्धि र विकासमा टेवा पुग्ने काम गर्ने प्रतिद्वता दोहोर्याए । पर्यटन व्यवसायी आफैंमा थिङट्याक्क भएकाले निष्कर्ष र निचोड सहितको सुझाव दिन समेत आग्रह गरे ।

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार  ११ : ५२ बजे