Logo

Breaking News 1

कोसी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना


१८ श्रावण २०८१, शुक्रबार  

46
Shares

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव जल तथा मौसम विज्ञान विभागले जनाएकाे छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा रहेको विभागले बताएको छ ।

तीनवटा प्रदेशका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ भने आंशिकदेखि साधारणतया बदली रहँदा गण्डकी प्रदेशको थोरै तथा कोसी र वाग्मती प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको हो ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने विभागले जनाएको छ । कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

विभागले आज राति देशभर साधारणतया बदली रहने बताएको छ । कोसी, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा तथा मधेस प्रदेशको थोरै भू–भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार  ६ : २२ बजे