Logo

मुख्य समाचार

हामी पुष्पलालले भनेजस्तै बाम-लोकतान्त्रिक सहकार्यकै बाटोमा आइपुगेका छौं : मन्त्री पाण्डे


१७ श्रावण २०८१, बिहिबार  

69
Shares

काठमाडौं । संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले पुष्पलाल श्रेष्ठ नेपाली राजनीतिका एक धरोहर भएको बताएका छन् । नेपालमा बाम लोकतान्त्रिक सहकार्यका आवश्यक भनेर पुष्पलालले पहिल्यै भन्नुभएजस्तै आज कांग्रेस-एमाले एकै ठाउँमा आइपुगेको औंल्याए ।

विहीबार पुष्पलाल राष्ट्रिय पुरस्कार २०८० समर्पण समारोहलाई सम्बोधन गर्दै उनले भने,‘नेपालमा वाम-लोकतान्त्रिक सहकार्य हुनुपर्छ भनेर पुष्पलालले प्रारम्भदेखि नै चिन्तन गर्नुभएको थियो । त्यही चिन्तनको परिणतीका रुपमा आजको ठाउँमा आइपुगेका छौं । ०४६ सालको जनआन्दोलन, ०६२।०६३ को जनआन्दोलन र शान्तिप्रक्रिया दुई शक्ति मिलेर नै गरेका हौं । ०४७ सालमा मदन भण्डारीले बहुदलीय जनवाद पनि आजका लागि सान्दर्भिक छ,’ उनले अगाडि भने,‘अहिले हामीले निर्माण गरेको संविधानको बीचको तत्वपनि पुष्पलाल नै हुनुहुन्छ ।’

व्यवस्था र संविधानको रक्षाका लागि वाम लोकतान्त्रिक सहकार्य आवश्यक रहेको औल्याउँदै पर्यटनमन्त्री बद्री पाण्डेले गरिब जनताको अनुहारमा पुष्पलालले ठुलो खुसी दिएको बताए । उनले गरिब जनताका लागि हाँसो ल्याउन पुष्पलालले संघर्ष गरेको बताए । उनले भने, ‘मुलुकलाई एउटा समृद्धि र विकास बनाउनको लागि पुष्पलालहरुले गरेको संर्घषको वणर्न गर्नै सकिन्न । उहाँहरुले देखाएको बाटो गरिब जनताको नाममा लिएको हासो र खुसी सम्झन लायक छ ।’ मन्त्रालयले विभिन्न क्षेत्रमा उच्च योगदान पुर्याएका तीन अगुवाहरुलाई विहीबार सम्मान गरेको थियो ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहिबार  ३ : ३८ बजे