Logo

विश्व

अमेरिकामा आँधीमा परि मृत्यु हुनेको संख्या ९४ पुग्यो



काठमाडौं । अमेरिकामा आएको शक्तिशाली टोर्नाडो आँधीमा परि मृत्यु हुनेको सख्ंया ९४ पुगेको छ । अझै कयौँ हराइरहेका अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

मृतकको संख्या एक सय नाघ्ने अनुमान गरिएको छ । केन्टकीसहितका ६ राज्यमा कम्तीमा ३० वटा टोर्नाडोका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको हो ।

केन्टकीमा कम्तीमा ८० जनाको मृत्यु भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । टोर्नाडोका कारण केन्टकी, अर्कान्सा, इलिनोइ, मिजुरी, मिसिसिपी र टेनिसीमा जनजीवन प्रभावित भएको छ ।

भत्किएका भग्नावशेषहरुमा उद्धारकर्मीले फसेकाहरुको खोजी गरिरहेका छन् । 

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  ५ : ४७ बजे