Logo

मनोरञ्जन

युएईमा ‘नेपाल आइडल विथ स्टेन्डअप कमेडी’ हुँदै


१७ श्रावण २०८१, बिहिबार  

92
Shares

काठमाडौं । नेपाल आइडल सिजन ५ का विजेता करण परियारको उपस्थितिमा युएईमा नेपाल आईडल विथ स्टेन्डअप कमेडी हुने भएको छ ।

आगामी अगष्ट ३ र ४ तारिख युएईको राजधानी अबुधाबी र दुबईमा आयोजना हुने कार्यक्रममा नेपाल आईडल सिजन ५ का विजेता करण परियार , फष्ट रनरअप सलोनी गुरुङ , सेकेन्ड रनरअप सचिन विश्वकर्मासहित कमेडियनद्वय सुमन कोइराला (दले दाइ) र सजन श्रेष्ठले प्रस्तुति दिनेछन् ।

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) र द अरनिको ईन्टरटेन्मेन्टको आयोजनामा हुन लागेको यो कार्यक्रम नेपाल आईडल सिजन ५ का विजेता र उपविजेताहरुको पहिलो अन्तराष्ट्रिय कार्यक्रम हो । उक्त कार्यक्रमलाई नेपालतर्फबाट दामी मिडियाले संयोजन गरेको हो । नेपाल आइडलको अन्तर्राष्ट्रिय टुरको म्यानेजमेन्ट गरिरहेको दामी मिडियाले अन्य देशहरूमा पनि कार्यक्रमको तयारी गरिरहेको सिइओ सुदिप पोख्रेलले जानकारी दिए ।

गन्तव्य ट्राभल एण्ड टुरिजमले मुख्य प्रायोजन गरेको कार्यक्रममा कमेडियन सजन श्रेष्ठले पहिलोपटक युएईमा प्रस्तुति दिन लागेका हुन । दले दाई उपनामबाट प्रख्यात कमेडियन सुमन कोइरालाको भने युएईमा यो दोस्रो शो हो । उनले यसअघि इनासकै आयोजनामा दुबईमा शो गरिसकेका छन् ।

आगामी शनिवार (अगष्ट ३ तारिख) अबुधाबीस्थित मेरिडियन होटलको द एक्सचेञ्ज क्लबमा हुने कार्यक्रमको व्यवस्थापन नेपाल ड्युड्स र द जात्रा ईभेन्टसले गर्दैछ भने बिबिटी रेष्टुरेन्ट, भान्साघर रेष्टुरेन्ट, गृन स्काई ट्राभल्सलगायतले प्रायोजन गरेका छन् ।

त्यसैगरी आइतबार (अगष्ट ४ तारिख) बरदुबईस्थित क्लब एस के सेभेनमा आयोजना हुने कार्यक्रममा एनआरएनए युएई , ग्लोबल एनआरएनए , नेपाल आदिबासी जनजाति माहासंघ, नेपाली समाज , तनहुँ समाज , कास्कीलगायत २८ बढी संघसंस्थाको सहयोग रहेको आयोजक ईनास युएईका अध्यक्ष एमडी बोहराले र द अरनिको ईन्टरटेन्मेन्टका ईश्वर श्रेष्ठले जानकारी दिए । कार्यक्रममा सहभागी हुने कलाकारहरुको टोली शुक्रवार एयर अरेबियामार्फत दुबई उड्ने बताइएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहिबार  १२ : ३६ बजे