Logo

अर्थ

शेयर कारोबारले रच्यो इतिहास



काठमाडौं । शेयर बजारको इतिहासमा नै आज सबैभन्दा बढी कारोबार भएको छ । २१ अर्ब ९१ करोड १५ लाख ३ हजार १६१ रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।

यसभन्दा पहिले २०७८ साउन ३१ गते २१ अर्ब ५३ करोड रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको थियो ।

आज परिसूचक नेप्से ६४.२५ अंकले वृद्धि भएर २७६०.९० अंक पुगेको छ । आज १९१ वटा कम्पनीको शेयर मूल्य वृद्धि भएको छ । भने, ४४ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।

आज ५ करोड ९ लाख ६७ हजार ९८१ कित्ता शेयर करोबार भएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  ३ : २९ बजे