Logo

Breaking News 1

धनगढीको नोभा हस्पिटलमा युवकको मृत्युको विषयलाई लिएर तनावग्रस्त



धनगढी । धनगढीस्थित एक निजी अस्पतालमा उपचाररत युवकको मृत्युको विषयलाई लिएर धनगढी बजार तनावग्रस्त बनेको छ ।

सामान्य अवस्थामा ल्याइएका कञ्चनपुर बेलौरीका १७ वर्षका नसिब चौधरीको अस्पतालको लापरवाहीका कारण चौधरीको मृत्यु भएको भन्दै विरामीका आफन्तले ढुंगामुढा प्रहार गर्न थालेपछि प्रहरीसँग झडप भएको हो । 

तोडफोडका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा दुईजना घाइते भएका छन् । घाइते हुनेमा बेलौरी २ कञ्चनपुरका अभिक बुढा र लक्ष्मण बुढा रहेका छन् ।

घाइतेको उपचार नजिकै रहेकाे सारथी अस्पतामा उपचार भैरहेको छ। अझै पनि मृतकका आफन्तले अस्पतालविरुद्ध प्रर्दशन गरिरहेका छन्।

प्रकाशित मिति : १२ श्रावण २०८१, शनिबार  १ : ५६ बजे