Logo

मनोरञ्जन

‘कान्छी मट्याङट्याङ’का गायक जोशीको निधन


११ श्रावण २०८१, शुक्रबार  

138
Shares

काठमाडाैं । नेपाली लोकसङ्गीतका प्रतिभाशाली गायक लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा निधन भएको छ । दमक–१ स्थित आफ्नै निवासमा बिहीबार साँझ बेहोस भएका उनको उपचारका ममा लाइफ लाइन अस्पतालमा निधन भएको हो ।

वि.सं. १९९३ मा धनकुटा बजारमा जन्मिएका गायक जोशीलाई जनस्तरबाट ‘लोकगीतका सम्राट’को उपाधि दिइएको थियो । उनले ‘रिटिङ रिटिङ नबजाऊ बिनायो’, ‘वल्लो खोलो पल्लो खोलो, कमिलाको गोलो हजुर’, ‘निगालो घारीमा च्याखुरा नाच्यो’, ‘कान्छी मट्याङट्याङ’लगायत दर्जनौँ कालजयी गीत गाएका थिए ।

विसं २०१३ मा उनको पहिलो गीत ‘नेपालको माया..’ रेडियो नेपालमा रेकर्ड भएको थियो । नेपाली मौलिक गीतहरुको खोजमा मुलुकका सयौँ गाउँबेँसीहरु घुमेका र नेपाली लोकसङ्गीतको भण्डारलाई समृद्ध बनाउन योगदान पुर्याएका उनलाई देशभित्र र प्रवासमा सयौँ पुरस्कार प्राप्त भएको थियो । विसं २०५३ मा म्युजिक नेपालबाट उनको ‘रिटिङ रिटिङ’ नामक एकल गीति एल्बम बजारमा आएको थियो । 

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार  १० : ४४ बजे