Logo

शिक्षा

धेरै विद्यार्थी विदेश गए रेमिट्यान्स घट्नेमा मन्त्री चिन्तित


१० श्रावण २०८१, बिहिबार  

138
Shares

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले धेरै विद्यार्थीहरु बाहिर गए रेमिट्यान्स घट्ने समस्या हुने बताएका छन् ।

विहीबार कानून, न्याय तथा मानव अधिकार समितिमा भएको बैठकमा उनले विद्यार्थीहरुलाई पढ्नको लागि कहिले पनि रोक नलगाएको भन्दै यसरी नै चल्ने हो भने देशमा रेमिट्यान्स घट्ने समस्या हुने बताए ।

उनले भने, ‘विद्यार्थी बाहिर देशमा गएर पढ्ने कुरा पहिला पनि रोकिएको थिएन् । अहिले पनि रोकिएको छैन् । उतै बसोबास गर्ने, काम गर्ने गर्छन् । तर धेरै विद्यार्थी जान थालेभने रेमिट्यान्स घट्दा समस्या हुन्छ । त्यही भएर यसमा विचार गर्नुपर्छ । १२ कक्षासम्मका बच्चाहरुलाई सिधैँ सुविधा दिएर बाहिर जाने व्यवस्था गर्दा धेरै राम्रो हुदैँन् ।’ 

प्रकाशित मिति : १० श्रावण २०८१, बिहिबार  ४ : ०३ बजे