Logo

Breaking News 1

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै


१० श्रावण २०८१, बिहिबार  

46
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोनगरमा बस्नेछ । बैठकमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ ।

साथै केन्द्रीय कमिटीलाई पूर्णता दिने बारेमा छलफल हुनेछ । केन्द्रीय सदस्यका लागि प्रदेशहरूले पठाएका नाममा अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाललगायत नेताहरूले छनोट गरेर केन्द्रीय कमिटी बैठकमा नामहरू पेस गर्ने बताइएको छ ।

प्रकाशित मिति : १० श्रावण २०८१, बिहिबार  ९ : २० बजे