काठमाडौं । हास्य कलाकार खेम शर्मा ‘चतुरे’को निधन भएको छ । अमेरिकाको बाल्टिमोरमा उपचारको क्रममा आइतबार बिहान उनको निधन भएको हो ।
शर्मा पछिल्लो समय अमेरिका रहँदै आएका थिए । उनि विगत ७ वर्षदेखि क्यान्सर रोगसँग लडी रहेका थिए ।
टेलिफिल्म ‘चतुरेको दाउपेच’ बाट चर्चामा आएका शर्माले धेरै टेलिफिल्म र फिल्ममा काम गरेका छन् । उनले ‘चतुरेको दाउपेच’ नामक फिल्म समेत निर्माण गरेका थिए ।








प्रतिक्रिया