Logo

कर्पोरेट

प्रभु स्टक मार्केट लिमिटेडको औपचारिक उद्घाटन



काठमाण्डौ । प्रभु बैंक लिमिटेडको स्वामित्वमा सञ्चालित प्रभु स्टक मार्केट लिमिटेडको कारोबार आजबाट औपचारिक रुपमा सञ्चालनमा आएकाे छ । प्रभु बैक लिमिटेड, सञ्चालक समितिका अध्यक्ष श्री लिला प्रकाश सिटौलाले उद्घाटन कार्यक्रमा शुभकामना मन्तब्य दिँदै प्रभु बैंकको सहायक कम्पनीको रूपमा स्थापित यस कम्पनीले आगामी दिनमा शेयर कारोवारसँग सम्बन्धित सेवा सहज रूपमा दिने विश्वास व्यक्त गरे ।

उनले व्यावसायिक सेवा प्रदान गर्दै पूँजी परिचालन तथा नेपालको पूँजी बजारको विकास आफ्नो तर्फबाट केही योगदान गर्ने कार्य प्रभावकारी रूपमा प्रभु स्टक मार्केट लिमिटेडले सफलता पाउन सकोस् भनी शुभकामना समेत व्यक्त गरे ।

सोही कार्यक्रमका विशेष अतिथि प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत श्री अशोक शेरचनज्युले प्रभु बैकको सहायक कम्पनीको रूपमा अर्को एउटा संस्था स्थापित भएकाले खुसी लागेको भन्दै शुभकामना व्यक्त गर्नुभयो साथै, प्रभु स्टक मार्केट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री भीष्मप्रसाद उप्रेतीज्युले उपस्थित सबैलाई धन्यवाद दिंदै ब्रोकर कम्पनीको रुपमा स्थापित यस संस्थाले धितोपत्र खरिदबिक्री सम्बन्धी सम्पूर्ण सेवाहरू एकै ठाँउबाट सरल र सहज रूपमा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नयाँबानेश्वर काठमाण्डौमा केन्द्रिय कार्यालय रहेको यस कम्पनीको अधिकृत तथा चुक्ता पुँजी बिस करोड रहेको छ ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  ४ : ५० बजे