Logo

मुख्य समाचार

सरकार समस्याको समाधान ठाडो आदेशबाट खोज्दैछः सांसद बस्नेत



काठमाडौं । माओवादी केन्द्रका सांसद शक्ति बहादुर बस्नेतले वर्तमान सरकार ठाडो आदेश दिंदै गलत कर्मको बाटोमा हिडेको बताएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा शुन्य समयमा बोल्दै उनले सरकारले कुरा सुशासन, विधि र नियमको गर्ने तर समाधान ठाडो आदेशमा खोज्ने गलत बाटोमा हिडेको बताएका हुन् ।

उनले भने,‘कुरा सुशासन र विधिको गर्ने,नियमको गर्ने तर समाधान ठाडो आदेशमा खोज्ने सरकार गलत बाटो हिड्दैछ ।’

उनले अमूख उद्योगमा काटिएको विद्युत लाइन जोड्ने विषयलाई सरकारले आफ्नो प्रतिष्ठा र मुख्य प्राथमिकताको विषय बनाइरहेको भन्दै आपत्ति जनाए । विवाद विद्युत काट्ने वा जोड्ने कुराको मात्र नभएर महशुल अशुल गर्ने कि नगर्ने विषयमा केन्द्रीत रहेको उनको भनाई छ ।

‘अमुख उद्योगमा काटिएको विद्युत लाइन जोड्ने विषयलाई सरकारले आफ्नो प्रतिष्ठा र मुख्य प्राथमिकताको विषय बनाइरहेको छ, आश्चर्य लागिरहेको छ । स्पष्ट छ, यो विवाद विद्युत काट्ने वा जोड्ने कुराको मात्र होइन्, महशुल अशुल गर्ने कि नगर्ने विषयमा केन्द्रीत छ,’ उनले भने ।

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  २ : ५५ बजे