Logo

विश्व

मेक्सिकोमा ट्रक दुर्घटना हुँदा ४९ जनाको मृत्यु



काठमाडौं । मेक्सिकोमा ट्रक दुर्घटना हुँदा ४९ जनाको मृत्यु भएको छ ।

मेक्सिकोको दक्षिणी क्षेत्रमा पर्ने चियापास प्रान्तमा होण्डुरसका आप्रवासी चढेको ट्रक दुर्घटना भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

ज्यान गुमाउनेमा बालबालिका समेत रहेका छन् । दुर्घटनामा परी ५८ जना गम्भीर घाइते भएका छन् । 

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  ४ : ४७ बजे