Logo

खेलकुद

‘ए’ डिभिजन लिग: आजबाट चौथो चरणका खेल हुँदै



काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आजबाट चौथो चरणका खेलहरु हुँदैछन् ।

चौथो चरणको पहिलो खेलमा मनाङ मर्स्याङ्दी क्लबले फ्रेण्ड्स क्लबको सामना गर्नेछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिनको १ बजे हुनेछ ।

आजको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले च्यासल युथ क्लबको सामना गर्नेछ । यो खेल साँझ पौने ५ बजे सुरु हुनेछ ।

लिगमा तिन चरणका खेलहरु सकिंदा ७–७ अंक जोडेको सातदोवाटो युथ क्लब, मच्छिन्द्र क्लब र मनाङ क्लब तालिकाको शिर्ष तीन स्थानमा रहेका छन् । 

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  ४ : २० बजे