Logo

राजनीति

मेरो राजनीतिको गुरु वीपी, मन्त्रिमण्डलको गुरु केपी : मन्त्री पाण्डे



काठमाडौं । यस वर्षको बिपी कोइराला राष्ट्रिय पुरस्कार, २०८० चार जनालाई प्रदान गरिएको छ ।

आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यस वर्षको बिपी कोइराला राष्ट्रिय पुरस्कार, २०८० राजनीतिकतर्फ किशोरकुमार अधिकारी, होमनाथ दाहाल र साहित्यिक विधातर्फ प्रा.डा. योगेन्द्रप्रसाद यादव र डा. हरिप्रसाद शर्मा पराजुलीलाई प्रदान गरेको हो ।

पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले वीपी कोइराला नेपाली राजनीतिको रचनाकार भएको बताए ।

तत्कालिन समयको जटिलता र प्रतिकुलताका बिचमा वीपीले सत्य स्थापित गर्नका लागि ठुलो मूल्य चुकाएकै कारण वीपी आफ्नो राजनीति गुरु भएको समेत पाण्डेले बताए । उनले आफ्नो राजनीतिक गुरु वीपी भएपनि सरकार वा मन्त्रीमण्डलको गुरु केपी ओली भएको स्पष्ट पारे । मुलुकमा सुशासन र स्थायित्व दिनका लागि ओलीको मन्त्रीमण्डल जिम्मेवार रहेको उनले जानकारी दिए ।

उनले भने, ‘प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइराला मेरा राजनीतिक गुरु हुनुहुन्छ । लोकतान्त्रिक चेतनाका गुरु हुनुहुन्थ्यो । त्यो बेलाको जटिलता र प्रतिकुलताका बिचमा वीपीले सत्य स्थापित गर्नका लागि कुन मुल्य चुकाउनुभयो भन्ने कुरा सर्ववितिदै छ । नेपालले समाजवादउन्मुख संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली, जो लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित छ । यो स्थापित गर्ने विन्दूसम्म आइपुग्दा नेपाली राजनीतिको एउटा रचनाकारको रुपमा वीपी कोइराला स्थापित हुनुहुन्थ्यो ।’

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  १ : ५७ बजे