Logo

मुख्य समाचार

पदाधिकारी संख्या ९ पु¥याउने माओवादीको निर्णय



काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रदेश पदाधिकारीको संख्या बढाउने निर्णय गरेको छ ।

बिहीबार बसेको स्थायी समितिको बैठकले पदाधिकारी संख्या ७ बाट बढाएर ९ पुर्‍याउने निर्णय गरेको हो । पदाधिकारी थपिएसँगै माओवादीमा अब प्रदेश समितिमा अध्यक्ष, तीन उपाध्यक्ष, सचिव, तीन सहसचिव र कोषाध्यक्ष रहनेछन् । 

यसअघि प्रदेशमा एक अध्यक्ष, दुई उपाध्यक्ष, एक सचिव, दुई सहसचिव र एक कोषाध्यक्ष रहने व्यवस्था थियो । पार्टीले एक उपाध्यक्ष र एक सहसचिव थप गरेको हो ।

बैठकले प्रदेश समितिको आकार पनि बढाएको छ । प्रवक्ता कृष्णबहादुर महराका अनुसार अब प्रदेश १ मा २६९, प्रदेश २ मा २७१, बागमतीमा २७५, गण्डकीमा २२९, लुम्बनीमा २५३, कर्णालीमा २२१ र सुदूरपश्चिममा २२३ सदस्यीय प्रदेश समिति बन्नेछ ।

यस्तै, बैठकले पार्टी प्रवेश गरेकाहरुको विषयमा अध्ययन गर्दै समायोजनका लागि देव गुरुङको संयोजकत्वमा गिरिराजमणि पोखरेल र श्रीदेव ढकाल सदस्ययी रहेको तीन सदस्यीय कार्यदल बनाइएको छ ।

बैठकले महिला विभाग थप गर्दै त्यसको प्रमुखको जिम्मेवारी पम्फा भुसाललाई दिएको छ । 

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  १ : ४४ बजे