काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वृद्धिदर ७ प्रतिशत पुग्ने दावी गरका छन्। बिहीबार अर्थसमितिमा बोल्दै अर्थमन्त्री शर्माले आर्थिक वृद्धिदर ७ प्रतिशतसम्म पुग्ने बताएका हुन् ।
बजेट समयमै नआएकोले पछिल्लो समय पूजिगत खर्च ७.९ प्रतिशत मात्रै भएको उनले बताए । मन्त्रालयले आगामी दिनमा मासिकसम्म पूजिगत खर्च १० प्रतिशत पुर्याउने गरि काम गरिरहेको जानकारी दिए ।
त्यसैगरी अर्थमन्त्रीले मुद्रास्फीतिमा अहिले सम्म ४.२ प्रतिशतमै रहेको भन्दै आगामी दिनमा पनि ६.५ प्रतिशत भित्रै राख्ने र नेपालको खर्च प्रणाली संरचना सुधार आवाश्यक रहेको बताए ।
प्रतिक्रिया