Logo

मुख्य समाचार

सासुको हत्या आरोपमा बुहारी पक्राउ



काठमाडौं । महोत्तरीमा सासुको हत्या आरोपमा प्रहरीले बुहारीलाई पक्राउ गरेको छ ।

सासु ६० वर्षीया जगतारन देवीको हत्या गरेको अभियोगमा मटीहानी नगरपालिका–७ बस्ने ३५ वर्षीया तेत्री देवी खत्वेलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

जगतारन र तेत्रीबीच घरायसी विवादको कारण झगडा हुँदा तेत्रीले कुटपिट गर्दा जगतारनको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रहरी चौकी मटीहानीबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न तेत्रीलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहिबार  ८ : ०९ बजे