Logo

धर्म / संस्कृति

ज्योतिष डा.अधिकारीको खुलासा : देउवा प्रधानमन्त्री बन्दैनन्, संविधान संशोधन हुन्छ



काठमाडौं । वरिष्ठ ज्योतिष एवं पण्डित डा.रुद्रनाथ अधिकारीले आउँदो मंसिरसम्म नेपालको संविधान संशोधनको प्रक्रिया सुरु हुने भविष्यवाणी गरेका छन् ।

राजनीतिक भविष्यवाणी एवम विश्लेषण समेत गर्दै आएका डा.अधिकारीले संविधान संशोधन यही वर्षबाट थालनी भएर वि.स. २०८२ सालमा नेपाली राजनीतिको कोर्ष परिवर्तनको दिसातर्फ अघि बढ्ने बताए ।

उनले भने, ‘आउँदो मंसिरसम्म संविधान संशोधन हुन्छ । अन्य कुराहरु धेरै संशोधन भएपनि खासगरी देशका लागि तीन महत्वपुर्ण विषयमा संविधान संशोधन हुन्छ । समानुपातिक प्रणालीको अन्त्य गरि प्रत्यक्ष निर्वाचन प्रणाली राख्ने, हिन्दु राष्ट्र मुख्य एजेण्डा बन्छ र बनाइनुपर्छ र प्रदेश खारेजी हुन्छ । प्रदेश खारेजी नगरी सुखै छैन । प्रदेशहरु कार्यकर्ता भर्ती गर्ने अड्डा मात्रै बनेको छ । जतिखेर नेपालमा प्रदेशीय संरचना तयार भएपछि नेताहरुको काम सरकार टुटाउने र बनाउने बाहेक अरु केही काम भएको छ र ?’

त्यस्तै, अधिकारीले नेपाली राजनीतिमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेको अधोगति सुरु भएको उल्लेख गरे ।

पूर्व र पश्चिमको प्रभावमा सबै मिलेर देशलाई पालैपालो ठगरिहेको उल्लेख गर्दै अधिकारीले कर्मको फल ढिलाचाँडो सबैले पाउने बताए ।

उनी भन्छन्,‘मैले वर्षको सुरुमै भनेको थिए प्रचण्डको अधोगति सुरु हुन्छ भनेर । अब प्रचण्ड र रविजीहरुको डाउनलाइन सुरु भएको छ । अब उहाँहरुले जति तिग्डम गरेपनि उहाँहरुको पतन नै हो । यहाँ कोहीपनि दुधले धोएका छैनन् । ढिलोचाँडो कर्मका फलहरु सबैले भोग्नुपर्दछ । उनीहरुले देशलाई ठगिरहेका छन् ।’

त्यसैगरी, अधिकारीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका चेतनाकाद्धारहरु खुलेको उल्लेख गर्दै अब नेपाली कांग्रेस र नेकपा एमाले मिलेर देशको अवस्था परिवर्तन गर्नुपर्ने बताए ।

कांग्रेस सभापति शेर बहादुर देउवा प्रधानमन्त्री हुने अवस्था तत्काल नदेखिएको समेत उनको भनाइ छ ।

उनले भने, ‘जोसुकै प्रधानमन्त्री भएपनि देशमा सुशासन कायम हुनुपर्दछ । एकले अर्कालाई बचाउनको लागि अपराध समेत लुकाउने काम बन्द गरिनुपर्दछ । यी र यस्ता परिपाटी र प्रपञ्चहरु बन्द गरिनुपर्दछ । ओलीपछि देउवा प्रधानमन्त्री हुने संभावन देखिएको छैन् । उहाँको कुन्डलीले त्यस्तै संकेत गर्छ ।’

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहिबार  १२ : ४० बजे