Logo

समाचार

संघीयता अनुकुल पर्यटन नीति बनाएर काम गर्नेछुः मन्त्री पाण्डे



काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले कोरोना भाइरसले पर्यटन क्षेत्रमा ठुलो असर परेको बताएका छन् ।

सोमबार मन्त्रीमा नियुक्त भएर शपथ लिएपछि उनले पर्यटन मन्त्रालय पुगेर पदभार ग्रहण गर्दै मन्त्री पाण्डेले कोभिडले थलिएको पर्यटन क्षेत्रलाई उकास्नेगरी काम गर्ने बताएका हुन् ।

उनले भने, ‘पर्यटन क्षेत्रले कोभिडको महामारी खेप्नुपर्यो । यो क्षेत्रमा परेको कोभिडको असरलाई घटाएर पर्यटन क्षेत्रलाई फेरि राम्रोसँग सूचारू गर्नुपर्ने छ । संघीयता अनुकुल पर्यटन क्षेत्रलाई अगाडि बढाउनका लागि पर्यटन नीति सुधारका लागि अध्ययन गर्नेछौं ।’

मन्त्री पाण्डेले पर्यटन नीति–२०६५ लाई संघीयता अनुकुल बनाउन परिवर्तन गर्ने पहिलो निर्णय समेत गरेका छन् । 

उनले अबको पर्यटन नीतिमा अध्ययन गरेर यस क्षेत्रलाई सुधार गर्दै निष्ठाका साथ पर्यटन क्षेत्रका समस्या चिर्दै अगाडि बढ्ने बताए । मन्त्री पाण्डे पहिलो पटक मन्त्री बनेर कांग्रेसबाट सरकारमा गएका हुन् ।

कांग्रेस सहमहामन्त्री समेत रहेका पाण्डेले वाजुराबाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका हुन् । पाण्डे ०७० मा तत्कालीन संविधान सभा सदस्य तथा २०७४ मा राष्ट्रिय सभा सदस्य थिए ।

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  ५ : २७ बजे