Logo

खेलकुद

कोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई



काठमाडौं । कोपा अमेरिका कपको उपाधि अर्जेन्टिनाले जितेको छ ।

सोमबार बिहान भएको फाइनल खेलको १११ मिनेटमा अर्जेन्टिनाले कोलम्यिबाविरुद्ध गोल गर्दै उपाधि रक्षा गर्न सफल भएको हो ।

निर्धारित समयभित्र अर्जेन्टिना र कोलम्बियाले गोलरहित बराबरी खेलेपछि खेल अतिरिक्त समयमा धकेलिएको छ ।

अतिरिक्त समयको १११ मिनेटमा अर्जेन्टिनाका लागि लाउटारो मार्टिनेजले गोल गरेका हुन् ।

अर्जेन्टिनाले उपाधि उचालेको खेलमा कप्तान लियोनल मेसीले दोस्रो हाफको ६५ मिनेटमा मैदान छोडेका थिए ।

अमेरिकाकको मियामीस्थित हार्ड रक स्टेडियमबाहिरको टिकटबिना आएका दर्शकले सम्हालिनसक्नु भएपछि फाइनल खेलको समय एक घण्टा पाँच मिनेट धकेलिएको थियो ।

अर्जेन्टिनाले अहिलेसम्म कोपा अमेरिकाको उपाधि यो सँगै १६ पटक उचालेको छ । अर्जेन्टिना साविक विजेता पनि हो ।

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  ११ : ४४ बजे