Logo

Breaking News 1

वाटर ड्रोन प्रयोग गरी त्रिशूलीमा खसेका दुईवटा बसको खोजी कार्य जारी



काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट त्रिशूलीमा खसेका दुईवटा बसको खोजीमा वाटर ड्रोन प्रयोग गरिएको छ । पानीभित्र प्रयोग गरी खोज्न सकिने सोनार क्यामरा, वाटर ड्रोन, पाइपलाइन इन्सपेक्सन सिस्टमसहित खोजीकार्य सुरु भएको छ ।

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट नौ  गोताखोरसहित २५ जना र १७ नम्बर गण चितवनबाट ११ जना विपद् व्यवस्थापन तालिम प्राप्तसहित ३५ जनाको सुरक्षा फौज खोजीकार्यमा परिचालित भएको छ ।

सशस्त्र प्रहरीका सह–प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार नेपाली सेना र नेपाल प्रहरी पनि खोजीकार्यमा परिचालित रहेको छ ।

शुक्रबार बिहान त्रिशूलीमा दुईवटा डिलक्स बस खसेकाे थियाे । काठमाडौंबाट गौर जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स र एन्जल वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स नदीमा खसेका थिए

प्रकाशित मिति : २९ असार २०८१, शनिबार  ९ : २४ बजे