Logo

Breaking News 1

यी हुन् भारी वर्षाको सम्भावना भएका प्रदेश



काठमाडाैं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ । मनसुन न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको साथै भारतको उत्तर प्रदेश आसपासको क्षेत्रमा बनेको न्यूनचापिय क्षेत्रको आंशिक प्रभाव रहेको विभागले जनाएकाे छ ।

गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा तथा कोशी, मधेश, बागमती र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा साथै मधेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्यासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको भने कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

आज राति देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ भने कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।

प्रकाशित मिति : २९ असार २०८१, शनिबार  ६ : ३५ बजे