Logo

Breaking News 1

पहिरोले बस बगाउँदा नारायणी नदीमा बेपत्ता यात्रुको खोजी सुरु



काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डको सिमतालमा पहिरोले बस बगाउँदा नारायणी नदीमा बेपत्ता यात्रुको खोजी सुरु भएको छ । 

प्रहरीका अनुसार आज बिहान ३ बजेको समयमा भरतपुर महानगरपालिका वडा नं. २९ सिमलताल भन्ने ठाउँमा अविरल वर्षाका कारण ठूलो पहिरो झरी बिरगंजबाट काठमाडौं आउँदै गरेको विङर गाडी र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको गणपति डिलक्स बस त्रिशूली नदीमा खसेका हुन् ।

सशस्त्र प्रहरीबाट ४५ जना र विपद् ब्यबस्थापन तालिम शिक्षालबाट ७ जना गोताखोरसहित २५ जना परिचालन भएको सशस्त्र प्रहरीबलका सह–प्रवक्ताले जानकारी दिए । 

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  ९ : ५२ बजे