Logo

मनोरञ्जन

शान्तीश्रीको ‘यसपालीको तीजमा’अन्जली अधिकारीको छमछमी



काठमाडौँ । गायिका शान्तीश्री परियारको स्वरमा रहेको ‘यसपालीको तिजमा’ बोलको गीतको भिडियो रिलिज गरिएको छ ।

हिन्दु नेपालीहरुको महान पर्व तीज नजिकिएसँगै ज्योतिष पण्डित डाक्टर रुद्रनाथ अधिकारीको शब्द सृजना रहेको सार्वजनिक गीतमा मार्मिक शब्द, शब्दका मर्म र भावलाई उजागर गर्ने प्रयत्न गरिएको छ ।

गाउँ घरमा तीजको माहोलमा गरिने रमाइलोलाई देखाउँदै भगवान शिवलाई यस विशेष पर्वमा खुशी पार्ने कुरा र माइती गएकी चेलीका लागि आमाको महत्वलाई गीतकार डाक्टर अधिकारीले वणर्न गरेका छन् ।

सार्वजनिक गीतमा संगीत रिमेश कुमार थापाले भरेका छन् । पछिल्ला दिनमा तिजका गीतमा बढ्दो बिकृति बढेको भन्दै गुनासोहरु आइरहेका बेला सार्वजनिक यसपालीको तिजमा बोलको गीतमा भने मौलीक विषय बस्तु उठाइएको निर्माण यूनिट बताउँछ ।

कृष्णदेव रुपाखेतीको निर्देशनमा तयार भएको सार्वजनिक गीतमा लोकप्रिय मोडल अञ्जली अधिकारीको अभिनय देख्न सकिन्छ । जसमा उत्सब दाहालको छायांकन तथा विकाश ज्ञवालीको सम्पादन रहेको छ । गीत ज्योतिष पण्डित डाक्टर रुद्रनाथ अधिकारी अफिसियल च्यानलबाट बजारमा आएको हो ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  १२ : ५५ बजे