Logo

खेलकुद

युरो कप : फ्रान्सलाई २–१ ले पराजित गर्दै स्पेन फाइनलमा



काठमाडौं । स्पेन युरो कप २०२४ को फाइनलमा प्रवेश गरको छ । मंगलबार राति भएको खेलका खेलमा स्पेनले फ्रान्समाथि २–१ गोल अन्तरको पुनरागमन जित निकाल्दै फाइनलमा स्थान बनाएको हो । जर्मनीको म्युनिख रंगशालामा भएको सेमिफाइनलमा सुरुआती गोल भने फ्रान्सले गरेको थियो । तर उक्त अग्रता फ्रान्सले धेरैबेर टिकाउन सकेन ।

खेल सुरु भएको आठौं मिनेटमा कोलो मुआनीले केलियन एम्बाप्पेको पासमा गोल गरेका थिए । उनले गरेको हेडर गोल नै युरो कप फुटबलमा डेसच्याम्पकको टोली फ्रान्सका खेलाडील गरेको पहिलो खुला गोल थियो । १ गोलले पछि परेको स्पेन जारी युरोमा उत्कृष्ट लयमा रहेको प्रमाणित गर्न धेरै बेर कुर्नु परेन ।

२१ औं मिनेटमा अल्भारो मोराटाको पासमा १६ वर्षिय खेलाडी लामिन यमलले गोल गर्दै खेल एक एकको बराबरीमा ल्याएका थिए । २५ औं मिनेटमा डानी ओल्मोले गोल गरेपछि स्पेनले २–१ को अग्रता लिएको थियो । त्यसपछि दुवै टिमले थप गोल नगरेपछि अन्तिमसम्म २–१ को अग्रता कायम गर्दै स्पेनले फाइनलमा स्थान पक्का गर्न सफल भयो । स्पेन २०१२ पछि पहिलो पटक फाइनलमा स्थान बनाउन सफल भयो । स्पेनले अब उपाधिका लागि इंग्ल्याण्ड र नेदरल्याण्ड्सबीचको विजेतासँग खेल्ने छ ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  ७ : ३८ बजे