Logo

मुख्य समाचार

धेरै बाठो हुँदा प्रचण्डले तीन बल्ड्याङ्ङ खाएः चित्रबहादुर केसी



काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले दुईवटा ठूला पार्टी मिलेपनि मुलुकमा केही उपलब्धी हुन नसक्ने बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै केसीले वर्तमान प्रधानमन्त्रीले खेल नबुझेको भन्दै अब केही गर्न नसक्ने बताए ।

उनले भने, ‘ठूलो पार्टीले अर्थ र गृह मन्त्रालय किन नलिएको भन्ने कुरा म राजनीति नजान्नेले पनि बुझेको थिए । बुढानिलकण्ठमा भएको विवादलाई आधार बनाएर बालकोट पुग्नुभयो त्यसको परिणाम प्रधानमन्त्रीले भोग्नु भएको छ । अब दुईवटा ठूला पार्टी मिसिएपछि हुनेवाला केही छैन् । मुखको तितो पोख्ने मात्र हो ।’

पछिल्लो समय संसदभित्रको दोस्रो पार्टीले प्रधानमन्त्रीलाई पाँचै वर्ष सत्तामा राख्न नदिएको भन्दै केसीले प्रधानमन्त्रीले बल्ल खेल बुझेको बताए ।

उनले भने, ‘वर्तमान प्रधानमन्त्रीले बुझ्नु भएन खेल । पुस १० गते तपाई जहाँ पुग्नुभयो त्यही दिनदेखि दशा शुरु भएको थियो । यसो भन्दा नराम्रो लाग्ला । तपाई कति पटक बालकोट जानुभयो, कति पटक बुढानिलकण्ठ पुग्नुभयो, यसरी राजनीति चल्छ ? पछिल्लो पटक तपाईंलाई पाँचै वर्ष सत्तामा राख्न संसदभित्रको दोस्रो पार्टी मिसिएको थिएन । अहिले बल्ल भोग्नुभयो ।’

धेरै बाठो हुँदा प्रचण्डले तीन बल्ड्याङ्ङ खाएको पनि केसीले टिप्पणी गरे ।

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  ३ : ५१ बजे