Logo

Breaking News 1

विराटनगरमा एक युवाको हत्या, दुईजना गम्भीर घाइते



काठमाडौं । विराटनगरमा एक युवाको हत्या भएको छ । अन्य दुई जना युवा गम्भीर घाइते भएका छन् । मृतक र घाइतेको शरीरमा धारिलो हतियार प्रहार भएको छ ।

सोमबार राति १० बजेतिर विराटनगर महानगरपालिकाको नेपाल टेलिकमनजिक तीन युवा गम्भीर अवस्थामा भेटिएका थिए ।

घाइतेको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । मृतकको छाती र कम्मरको भागमा चक्कु प्रहार भएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  १० : ४२ बजे