Logo

समाचार

आज हिमपात र वर्षाको सम्भावना



काठमाडौं । देशका विभिन्न भागमा आज हिमपात र वर्षा हुने भएको छ । प्रदेश १ र वाग्मती प्रदेशको पहाडी भू–भागको एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।  जल तथ मौसम विभागका अनुसार प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ ।

प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ भने बाँकी पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । आज राति प्रदेश १ र वाग्मती प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । प्रदेश १ र वाग्मती प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहँदा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।  




प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ३ : १२ बजे