Logo

समाचार

काँग्रेस इतिहासमै कमजोरः पौडेल



काठमाडौं, २० मंसिर । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी इतिहासमै कमजोर भएको टिप्पणी गरेका छन् । उनले आज एक अपिल गर्दै काँग्रेस इतिहासमै कमजोर भएको उल्लेख गरेका हुन् ।

काँग्रेस इतिहासमै कमजोर देखिएकाले सिद्धान्त र आदर्श अनुरुप स्वच्छ र जनमुखी बनाउने संघर्षमा उत्साहपूर्वक क्रियाशील रहन अनुरोध समेत गरेका छन् । उनले भनेका छन्,‘नेपाली काँग्रेसको रुपान्तरण मार्फत् राजनीतिलाई सम्मानित बनाउने अभियानमा सक्रिय हुन म हार्दिक अनुरोध गर्दछु ।’

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ४ : ३२ बजे