Logo

मुख्य समाचार

भीम रावललाई केन्द्रीय सदस्यमा मनोनयन गर्ने तयारी



२० मंसिर,  काठमा‌‍ण्डाै‌ं : एमाले नेताहरूका अनुसार दसौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओलीसँग पराजित भएका नेता भीम रावललाई केन्द्रीय सदस्यमा मनोनयन गर्ने तयारी  भएको छ । रावल अध्यक्षमा पराजित भए पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । तर, उनले शपथ लिन अस्वीकार गरेका थिए ।

ओलीले आफ्नो प्यानलबाट केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरूको लिस्ट घोषणा गर्नुअघि रावललाई उपाध्यक्ष पदमा बस्न आग्रह गरिए पनि रावलले अस्वीकार गरेको ओली निकटका नेताहरूले बताउँदै आएका छन् । यद्यपि रावलले भने सहमतिका लागि आफूसँग त्यस्तो कुनै छलफल नै नभएकाले आफूले अध्यक्षमा उम्मेदवारी दिएको बताउँदै आएका छन् । ओलीनिकट एक पदाधिकारी भन्छन्, ‘उहाँले मान्नुभयो भने केन्द्रीय सदस्यमा मनोनयन गर्ने र त्यसपछि स्थायी समितिमा लैजाने भन्ने छ । तर, मान्ने नमान्ने रावलजीकै कुरा हो ।’

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ४ : ३४ बजे