Logo

मुख्य समाचार

करेन्ट लागेर तनहुँमा एक युवकको मृत्यु



नेटवर्कको काम गर्ने सिलसिलामा करेन्ट लागेर तनहुँमा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा छिमेकी जिल्ला रामपुर–७ पाल्पाका १९ वर्षीय सागर ज्ञवाली रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  जिल्लाको घिरिङ गाउँपालिका–३ सुन्धारा भन्ने स्थानमा आइतबार साँझ नेटवर्कको काम गर्ने क्रममा विद्युतकाे तारमा छोएर करेन्ट लाग्दा ज्ञवाली सख्त घाइते भएका  थिए । 

घाइते ज्ञवालीलाई उपचारका लागि पोखरा पठाइएकामा त्यहीँ उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए  । ज्ञवाली तनहुँको दुलेगौंडास्थित डिभिजिङ नेटवर्क प्रालिको कर्मचारी हुन्  । 

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  १२ : ०६ बजे