Logo

मुख्य समाचार

‘आगामी निर्वाचनमा माओवादी पहिलो दल हुनेछ’: कृष्णबहादुर महरा



काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले आगामी निर्वाचनमा नेकपा (माओवादी) पहिलो दल हुने बताएका छन् ।

उत्तरी रसुवाको आमा छोदिङ्मो गाउँपालिकास्तरीय उक्त दलको प्रथम सम्मेलन  शुभारम्भ गर्दै उनले अहिले माओवादी दुब्लाएको जस्तो देखिए पनि आगामी निर्वाचनमा विसं २०६४ कै अवस्थामा फर्कने बताएका हुन् । 

अन्य दलमा जस्तो माओवादीमा आन्तरिक कलह नभएको स्पष्ट पार्दै उनले आदीवासी, जनजाति, घले, गुरूङ, सबै क्षेत्रको वृहत्तर हितका लागि आफ्नो दल निरन्तर अगाडि बढ्ने बताए ।

माओवादीले ल्याएको जनहितकारी एजेण्डा पूरा गर्न बाँकी रहेकोले आफ्नो दललाई विजय गराउन उनले स्थानीय समुदाय माझ आग्रह पनि गरे । 

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  ९ : ३१ बजे