Logo

समाचार

नेपालमा पनि दुई जनामा ‘ओमिक्रोन’ पुष्टि



काठमाडौं । नेपालमा पनि दुई जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको छ ।

६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिलाई ओमिक्रोन भेरियन्ट देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

दुवै जनामा कुनै अस्पतालको आइसोलेसन कक्षमा रहेको र गम्भीर लक्षण नदेखिएको पनि मन्त्रालयको भनाइ छ ।  दुवै जनाले कोरोना भाइरस विरूद्धको खोप पनि लगाएका थिए ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ४ : ३४ बजे