Logo

मुख्य समाचार

ललितपुरमा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु



काठमाडौं । माटोको ढिस्कोले पुरिएर ललितपुरमा एक जनाको मृत्यु भएको छ ।

ललितपुर महानगरपालिका–३ झम्सिखेलस्थित अमिक्षा कन्ट्रक्सनको ग्राउण्ड फ्लोरमा काम गर्ने क्रममा अचानक माटोको ढिस्को झरेर पुरिएका ईलाम घर भएका ४५ वर्षीय सन्तोष लिम्बुको मृत्यु भएको हो । 

उनको पुल्चोकस्थित निदान अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  ८ : १२ बजे