Logo

समाचार

‘यो अन्तिम पटक हो, म एक पटक फेरि सभापति बन्न चाहन्छु’: शेरबहादुर देउवा



काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू एक पटक फेरि पार्टी सभापति हुन चाहेको बताएका छन् ।

सोमबार बिहान बालुवाटारमा पत्रकारहरुसँग कुराकानी गर्दै सभापति देउवाले अब एक पटक सभापति भएर अझै धेरै राम्रो काम गर्ने बताएका हुन् ।

आफू सभापति हुँदा पार्टी र सरकारले राम्रो काम गरेको भन्दै अझै राम्रो काम गर्न आफू एक पटक फेरि सभापति बन्न चाहेको देउवाले बताए ।

‘यो अन्तिम पटक हो। म प्रधानमन्त्री पनि छु। यो मुलुकको व्यवस्थाको रक्षाका लागि गठबन्धनको नेतृत्व गर्दै प्रधानमन्री भएको हुँ। मैले फेरि सभापति भए भने अझै राम्रो गर्न सक्छु’,उनले भने । सभापति देउवाले आफूलाई  सहयोग गर्न पनि पत्रकारहरुलाई आग्रह गरे ।

गठबन्धनका विषयमा पत्रकारले सोधेको प्रश्नमा देउवाले गठबन्धन राष्ट्रियसभा निर्वाचनसम्म मात्रै भएको र त्यसपछिलाई छलफल नभएको बताएका छन् । गठबन्धन अर्को चुनावसम्म जान्छ कि जाँदैन भन्नेबारे देउवाले खुलाएनन् । 

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ४ : ३५ बजे