Logo

समाचार

कांग्रेस केन्द्रीय सदस्यमा खतिवडाको उम्मेदवारी घोषणा



काठमाडौं । नेपाली काँग्रेसका प्रभावसाली तथा युवा नेता रामहरि खतिवडाले पार्टीको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । खतिवडाले सोमबार एक कार्यक्रमका बीच केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने निर्णय गरेका हुन् । उनी सभापति देउवा निकट मानिन्छन् । 

 ‘सह–महामन्त्रीमा उम्मेदवारी दिने तयारी गरेको थिएँ । साथीभाई, शुभेच्छुक, टिमभित्रका नेताहरूको सुझाव र परामर्शमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने निर्णय गरेको छु ।’ खतिवडाले भने

उनले केन्द्रीय कार्यसमितिमा रहेर काँग्रेसलाई अझै बलियो बनाउन भूमिका खेल्ने बताउदै केन्द्रीय सदस्य पदमा आफूलाई मतदान गर्न महाधिवेशन प्रतिनिधिहरूसँग आग्रह गरेका छन् । 

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  ६ : २४ बजे