Logo

मुख्य समाचार

भारतीय डाक्टरको खुलासा : ओमिक्रोन संक्रमित व्यक्तिमा के-के लक्षण



भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको पाँचौं केस फेला परेको छ। कर्नाटक, गुजरात, मुम्बईपछि भारतको केन्द्रीय राजधानी दिल्लीमा ओमिक्रोन संक्रमित भेटिएका हुन्।

भारतीय अधिकारीहरुका अनुसार संक्रमित व्यक्ति अफ्रिकी मुलुक तान्जानियाबाट फर्किएका थिए। उनी भारत आउनेवितिकै घाँटी दुख्ने, ज्वरो आउने र शरीर दुख्ने लक्षणबाट पीडित भएको बताइएको छ।

एलएनजीपी अस्पतालका डाक्टर सुरेश कुमारका अनुसार संक्रमितको स्वास्थ्य स्थिति स्थिर रहेको छ। ती व्यक्तिमा सुरुवाती लक्षण घाँटी दुख्ने भएको बताइएको छ। त्यसपछि ज्वरो आउने, शरीर दुख्ने र लगत्तै उनको अक्सिजन लेभल घटेको डाक्टर सुरेशको भनाइ छ।

ती संक्रमित २४ घन्टा डाक्टरको निगरानीमा रहेका छन्। सरकार पनि सम्भावित घटना हुन नदिन पूर्वतयारी गरेको भारतीय सञ्चारमाध्यहरुले जनाएका छन्।  

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  १ : ३६ बजे