Logo

विश्व

भारतमा सेनाले कामदारमाथि गोली चलाउँदा १३ जनाको मृत्यु



काठमाडौं । भारतमा सुरक्षाकर्मीले कामदारमाथि गोली चलाउँदा १३ जनाको मृत्यु भएको छ ।

म्यानमारसँग सीमा जोडिएको नागाल्यान्डको मोन जिल्लामा शनिबार अपरान्ह ४ बजेतिर सेनाले गोली चलाउँदा नजिकैको कोइला खानीमा काम गरेर फर्किरहेका कामदारको मृत्यु भएको हो ।

सेनाले विद्रोहीको आशंकामा कामदारमाथि गोली चलाएको बताइएको छ । सेनाको गोली लागेको कामदारको मृत्यु भएपछि स्थानीयले सेनामाथि नै आक्रमण गरेका थिए ।

त्यसक्रममा एक सैनिकको पनि मृत्यु भएको बताइएको छ । स्थानीयले सेनाको गाडि पनि जलाएका छन् ।

घाइतेहरु धेरै रहेकाले मृतकको संख्या बढ्न सक्ने बताइएको छ । 

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ६ : २० बजे