Logo

खेलकुद

बन्द प्रशिक्षणमा परेनन् रेश्मासहित ५ खेलाडी



काठमाडौं । राष्ट्रिय महिला भलिबल टिमको बन्द प्रशिक्षणबाट पाँच खेलाडी बाहिरिएका छन् ।

नेपाल भलिबल संघले बन्द प्रशिक्षणमा रहेका २० खेलाडीबाट पाँच खेलाडी बाहिरिएको जनाएको छ । संघले पहिलो चरणमा ५ खेलाडी टिम बाहिर राख्दै १५ सदस्सीय टिम छनोट गरेको हो ।

बन्द प्रशिक्षणबाट बाहिरिनेमा रेश्मा भण्डारी, पुनम चन्द, शान्तिकला तामाङ, उषा विष्ट र जानकी भण्डारी रहेकी छिन् । महिला टोलीले एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगिताका लागि तयारी गरिरहेको छ ।

बंगलादेशको ढाकामा आयोजना हुने प्रतियोगिता आगामी डिसेम्बर २१ देखि २९ सम्म हुनेछ ।

प्रकाशित मिति : १८ मंसिर २०७८, शनिबार  ६ : ५७ बजे