Logo

मुख्य समाचार

सौताको छोरालाई बिषादी खुवाई हत्या गरी फरार महिला पक्राउ



कैलाली : सौताको छोरालाई बिषादी खुवाई हत्या गरी फरार रहेकी बाजुरा खप्तड छेडेदह गाउँपालिका – २ घर भएकी धनगढी उप – महानगरपालिका-२ मालिका टोल डेरा गरी बस्ने ३५ वर्षीया मागी रोकायालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

भारतमा रहेका मागीका श्रीमान ३५ वर्षीय बहादुर रोकायाले मंसिर २ गते आफन्तलाई फोन गरी मागी रोकाया सम्पर्क विहीन भएकोले डेरा कोठामा गई बुझी दिन भनि खबर गरे पछि उनका आफन्तले उक्त डेरा कोठामा जादा बालकको खुट्टामात्र अगाडिको झ्यालबाट देखिएको र कोठामा कोही नभएको  प्रहरी कार्यालयमा जानकारी गराएपछि  प्रहरीले अनुसंधान गर्दा हिमालय एकेडमीमा अध्ययनरत १० वर्षीय मागीका सौताको छोरा निशान्त थापामगरको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले खुलाएको छ । 

थप अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय कैलाली बाट प्रहरी टोली खटिई फरार रहेकी मागी रोकायाको खोजी गर्दा भारतको हरियाणामा रहेको जानकारी प्राप्त भएपछि भारतीय प्रहरीको सहयोग र समन्वयमा मागीलाई भारतको हरियाणा रोहतक प्रेम चोकमा फेला पारी नेपाल ल्याई पक्राउ गरिएको हो। 

प्रारम्भिक अनुसन्धानको क्रममा मागी रोकाया र उनका श्रीमान बिच वादविवाद र झैझगडा भएको रिसले मागीले गत कार्तिक २९ गते निशान्त स्कुल बाट फर्किएपछि दुधमा बिषादी मिसाई खुवाएर कोठामा बस्दै गर्नु हामी बेलुका आउँछौ भनी आफ्ना छोरा र छोरी लगी भारततर्फ गएको खुल्न आएको छ । 

मागीलाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत कैलालीबाट म्याद थप गरी बाँकि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ४ : ४९ बजे