Logo

कोशी

विराटनगर महानगरपालिकाले ल्यायो ३ अर्ब ४९ करोड बराबरको बजेट



काठमाडौँ । विराटनगर महानगरपालिकाले सोमबार रु ३ अर्ब ४९ करोड ९८ लाख ८६ हजार रुपैया बराबरको बजेट ल्याएको छ । सोमबार उपमेयर शिल्पा निराला कार्कीले नगरसभामा उक्त बजेट पेश गरेकी हन् ।

जसअनुसार कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चका लागि रु ५९ करोड बजेट विनियोजन गरिएको छ । यस्तै ऋणको सावा ब्याज भुक्तानीमा रु ५ करोड, चालु आवको चालु खर्च तर्फको दायित्व भुक्तानीमा ३ करोड ३४ लाख ८३ हजार, समपूरक कार्यक्रममा रु ६ करोड १० लाख, वडास्तरीय योजनातर्फ रु ४३ करोड ३ लाख १२ हजार बजेट विनियोजन गरिएको कार्कीले जानकारी दिइन् ।

यस्तै बहुवर्षीय ठेक्का तथा गौरवका आयोजना एवं दायित्व सरिआएका योजनाहरुको भुक्तानीका लागि रु ५० करोड, बस्ती विकास र तराइ मधेश समृद्धि कार्यक्रम तर्फ रु ५ करोड ६० लाख, मर्मत सम्भार तर्फका लागि रु १० करोड तथा भारी सवारी साधन खरिदका लागि रु २ करोड बजेट विनियोजन गरेको कार्कीले जानकारी दिइन् ।

यस्तै सामाजिक विकास क्षेत्र अर्न्तगत शैक्षिक विकास कार्यक्रम तर्फ रु ७८ करोड ७८ लाख १ हजार, स्वास्थ्य विकास कार्यक्रम तर्फ रु २० करोड ५७ लाख ९३ हजार, महिला लक्षित कार्यक्रम तर्फ रु ९९ लाख ५७ हजार, संघसंस्थातर्फ २ करोड ७० लाख बजेट विनियोजन भएको छ ।

यस्तै आदिवासी जनजाति, दलित, मधेशी, तथा यौनिक तथा अल्पसंख्यकतर्फ रु ६२ लाख ८६ हजार, बालबालिका लक्षित कार्यक्रम तर्फ रु ७० लाख ८० हजार, युवा विकास कार्यक्रम तर्फ रु ९५ लाख ८४ हजार, खेलकुद विकास कार्यक्रमका लागि रु १ करोड ८ लाख, रोजगार प्रवर्द्धन कार्यक्रमतर्फ रु ७० लाख ४६ हजार बजेट विनियोजन भएको छ ।

यस्तै ज्येष्ठ नागरीक तर्फ रु ९ लाख ९५ हजार, अपांगता क्षमता विकास कार्यक्रमतर्फ रु २८ लाख ८ हजार विनियोजन गरीएको छ । यसैगरी आर्थिक विकास क्षेत्र अन्तर्गत कृषि विकास तर्फ रु १ करोड ३ लाख, पशुपंक्षी तथा भेटनरी तर्फ रु १ करोड ५३ लाख ९७ हजार, सहकारी तर्फ रु २४ लाख, उद्यमशील विकास तर्फ रु ५० लाख, उपभोक्ता हित संरक्षणका लागि रु ८ लाख ५० हजार, पर्यटन प्रवर्द्धनकालागि रु १ करोड ९४ लाख विनियोजन गरीएको छ ।

यसैगरी वन वातावरण तथा विपद व्यवस्थापन क्षेत्र अर्न्तगत विपद व्यवस्थापन तर्फ रु १ करोड २० लाख, वन वातावरण तथा जैविक विविधता तर्फ रु ३५ लाख ५० हजार तथा सरसफाई कार्यक्रम तर्फ रु १ करोड ३० लाख विनियोजन गरीएको छ ।

यसैगरी सुशासन तथा संस्थागत बिकास क्षेत्र अर्न्तगत राजस्व सुदृढीकरण तर्फ रु ३० लाख, नगर प्रहरी तथा ट्राफिक व्यवस्थापनकालागि रु ४० लाख, शहरी विकास तर्फ रु ९० लाख, सूचना तथा सञ्चारका लागि रु ६० लाख, सूचना तथा प्रविधि तर्फ रु ८० लाख, सुशासन तथा सेवा प्रवाहकालागि रु १ करोड ८ लाख ४५ हजार, कानुन तथा न्याय तर्फ रु ७२ लाख ५० हजार, फोहोरपानी प्रशोधन केन्द्र तर्फ रु २ करोड ९५ लाख, भूउपयोग आवास तथा वस्ती विकास कार्यक्रम तर्फ रु ८५ लाख ४९ हजार, विद्युतीकरण कार्यक्रमका लागि रु २ करोड ९ लाख बजेट विनियोजन भएको छ ।

प्रकाशित मिति : १० असार २०८१, सोमबार  १२ : ३२ बजे